Dhulikhel Eco Banner new

सलिकोको सीईओमा चंकी क्षेत्री

5.34K
shares

काठमाडौं, १३ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चंकी क्षेत्री नियुक्त भएका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मिलेर बनेको सलिकोको सीईओमा चंकी क्षेत्रीलाई नियुक्त गर्नका लागि बीमा प्राधिरणले स्वीृकति दिएको हो ।

कम्पनीले सीईओमा क्षेत्रीलाई नियुक्त गरेको जानकारी प्राधिरणलाई दिएको थियो । अब क्षेत्रीले ४ वर्ष सलिकोको नेतृत्व गर्ने छन् । उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । यस अघि उनी सगरमाथा इन्स्योरेन्सको सीईओका रुपमा कार्यरत थिए । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा काम गरेका थिए ।