Dhulikhel Eco Banner new

डा. शालिकराम पोखरेल कर्णालीका मुख्यमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त

7.53K
shares

काठमाडौं, १३ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माको वरिष्ठ आर्थिक सल्लाकार (विज्ञ) का रुपमा डा.शालिकराम पोखरेल नियुक्त भएका छन् । कर्णाली प्रदेश निर्णय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्र अनुसार उनलाई कर्णाली प्रदशको मुख्यमन्त्रीको विज्ञ सल्लाकारमा नियुक्त गरिएको हो ।

पोखरेल यस अघि जनार्दन शर्मा अर्थमन्त्री भएको सयममा पनि विज्ञ आर्थिक सल्लाकारका रुपमा नियुक्त भएका थिए । पोखरेल नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् । अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्र लेखेर डा. पोखरेललाई कर्णाली प्रदेशको मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाकार (विज्ञ) का रुपमा काजमा पठाइदिन अनुरोध गरेको छ ।