Dhulikhel Eco Banner new

ताप्लेजुङ केन्द्रविन्दु भएर भुकम्पको धक्का

5.84K
shares

काठमाडौं, १५ चैत । पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भुकम्पको धक्का महशुस भएको हो ।

चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भएर केन्द्रबिन्दु भएर यही चैत १० गते ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।