Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट

4.63K
shares

काठमाडौं, १५ चैत । अमेरिकी डलरको मूल्य बुधबार पनि सामान्य घटेको छ । मंगलबार पनि अमेरिकी डरकमा गिरावट आएको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर मूल्य १३१ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको थियो । यस्तै, बुधबार युरो एकको खरिददर १४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९९ रुपैयाँ २१ पैसा तथा जापानी येन १० को खरिददर १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा तय गरिएको छ ।

साउदी रियाल खरिददर ३४ रुपैयाँ ९३ पैसा र र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।