Dhulikhel Eco Banner new

रोजगारीमा रहेका नेपालीहरुलाई आजदेखि स्वास्थ्य परामर्श सेवा

5.51K
shares

काठमाडौं, १५ चैत । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि सरकारले आजदेखि स्वास्थ्य परामर्श सेवा दिंदैछ । पूर्णतया निःशुल्क रहेको यो सेवा सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन दिइने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । यो वर्ष अनलाइनमार्फत सेवा दिइने र सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयले जनाएको छ ।