युवा उद्यमी चिराग महासंघको चुनावी मैदानमा
वि.सं.२०७९ चैत १५ बुधवार १२:२८
shares

काठमाडौं, १५ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालाका लागि युवा व्यवसायी चिराग गोयलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । गोयलले महासंघको एसोसिएट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।
गोयल उच्च व्यवसायी घराना गोयल समूहका कार्यकारी निर्देशक हुन् । व्यवसायी घरानाको महत्वपूर्ण जिम्मेवारीमा रहेका गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्ररणा दिनका लागि पनि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय गरेर समस्या समाधान गर्नका लागि आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ । उनी अहिले नेपाली युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्ष पनि रहेका छन् ।



















