दोलखा केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस
वि.सं.२०७९ चैत १८ शनिवार १२:३७
5.28K
shares
shares

काठमाडौं, १८ चैत । दोलखा केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस गरिएको छ । दोलखाको गौरीशंकर गाउँपलिकाको सुरी केन्द्र विन्दु भएर भुकम्प गएको हो ।
शनिबार विहान ११ बजेर २७ मिनेट जादा सुरी केन्द्रविन्दु भएर ५.२ रेक्टरस्केलको भुकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । उक्त भुकम्पको धक्का दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङसहितका जिल्लामा महसुस गरिएको थियो ।



















