रामचन्द्र संघईद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा
वि.सं.२०७९ चैत १९ आइतवार १९:४२
shares

काठमाडौं, १९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि बहालवाला उपाध्यक्ष रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका छन् । संघईले आइतबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीको टिम सहित उम्मेदवारी घोषणा गरेका हुन् ।
संघईको प्यानलबाट जिल्ला नगरको उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तलाल हिराचन रहेका छन् । त्यस्तै एसोसिएट उपाध्यक्षमा ज्योत्स्यना श्रेष्ठ रहेकी छिन् । यसअघि अन्जन श्रेष्ठको टिममा श्रेष्ठलाई आफ्नो संघईले आफ्नो टिममा समेटेका हुन् । व्यवसायीको हकहित नै मुख्य एजेण्डा हुने बताएका उनले आफूले व्यवसायीका समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उद्योगी व्यवसायीका समस्या र त्यसको समाधान गर्ने विषयमा आफू पूर्ण जानकार रहेकाले महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहेको उनको भनाइ छ । ‘उद्योगी व्यवसायीका समस्या के छन्, त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा म पूर्ण जानकार छु । त्यसैले व्यवसायीको हकहितका पक्षमा निरन्तर लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा मैले उम्मेदवारी घोषणा गरेको छु,’ उलने भने ।



















