Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य घट्यो

5.71K
shares

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलर बिहीबार भने घटेको हो ।

विहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको थियो । त्यस्तै बिहीबारका लागि तोकिएको विनिमयदर पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा रहेको छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै बिहीबार युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा पुगेको छ । अघिल्लो दिन भने युरो एकको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बिहीबार लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ११ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।