Dhulikhel Eco Banner new

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

4.73K
shares

काठमाडौं, २३ चैत । गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ३६९ रुपैयाँ ४७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४१८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो ।

इन्स्योरेन्सले वैशाख ६ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ । तीन कम्पनीबीच एक आपसमा गाभिए पश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।