सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७९ चैत २३ बिहीवार ११:५८
shares

काठमाडौं, २३ चैत । बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन २ हजार रुपैयाँले बढेको सुनको मूल्य बिहीबार भने तोलामा ८०० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन नेपालमा सुनको मूल्यले नयाँ रेकड कायम गरेको थियो । तोलामा १ लाख ११ हजार रुपैयाँ पुगेको थियो । बिहीबार भने ८०० रुपैयाँले घटेर छापावाला सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबाार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ । बिहीबार चाँदी तोलामा १ हजार ४३५ रुपैयाँ खरिद बिक्री भएको छ । बुधबार ४० रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ४४० सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १३.३४ र चाँदी प्रतिऔंस २४.८५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



















