Dhulikhel Eco Banner new

साझा स्वास्थ्य सेवाका कर्मचारीहरुको खातामा निःशुल्क विद्युतिय भुक्तानीका सेवा

9.95K
shares

काठमाडौं, २४ चैत । नेपालकै पुरानो सहकारी संस्था साझा स्वास्थ्य सेवाले आप्mना सम्पुर्ण बैंकिङ्ग कारोवार कृषि बिकास बैंक मार्फत गर्ने भएको छ । यस सम्वन्धमा बिहीबार दुबै संस्था बीच सम्झौता भएको हो ।

साझा स्वास्थ्य सेवाका महाप्रवन्धक चुडामणी भण्डारी र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ सहित उच्च पदस्त कर्मचारीहरुको उपस्थितिमा बिहिवार सम्झौता भएको हो । सम्झौता पत्र आदन प्रदान गदै साझा स्वास्थ्य सेवाका महाप्रवन्धक भण्डारीले सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको बताए । यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने उनको भनाइ थियो ।

सरकारी संस्थाहरु बीच बैंकिङ सेवा लगायत अन्य पुर्वाधार प्रयोगमा साझेदारी कायम गर्न सकेमा दुवै संस्था बलियो हुने र व्यावसायिक संस्थाको कारोवार समेत पारदर्शिहुने उनले बताए । कृषि विकास बैंकसँग कारोवार गर्दा थप गौरव महशुस गर्दै सरकारी बैंक अन्य निजी क्षेत्रका बैंक भन्दा अब्वल रहेका र वैंकिङ कारोवार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैंकसँग बैंकिङ कारोवार गर्न साझा स्वास्थ्य सेवा तत्पर रहेको कुरा उल्लेख गरे । सरकारी स्वामीत्वका संस्थाहरु बीच कारोवार हुँदा एक अर्का विच व्यावसायिक साझेदारी वृद्धि भइ सरकारी वजेटमा संचालन हुने संस्थाहरु आत्मनिर्भर तथा व्यावसायिक हुने भएकोले देशको आर्थिक क्षेत्रमा थप योगदान गर्न सक्षम बन्ने उनको विश्वास थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले साझा स्वास्थ्य सेवाका देशभरी रहेका औषधी पसल, स्वास्थ्य सेवाका कर्मचारीको तलव वचत खाता लगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोवार समेत बैैंकले गर्ने गरी सम्झौता भएको भन्दै खुसी व्यक्त गरे । सधै ग्राहक सेवामा समर्पीत रही गुनासो रहीत सेवा प्रदान गर्न बैंक तत्पर रहेको उनको भनाइ थियो ।

उनले बैंकिङ बजारमा सरकारी बैंकको कारोवारका सम्वन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको वैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्वन्धलाई थप मजबुत बनाई दिगो प्रभावकारी कारोवार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो सम्झौतामा बैंकले साझा स्वास्थ्य सेवाका औषधि पसलहरुबाट बैंकले नगद संकलन गरी बैंक खातामा जम्मा गरीदिने छ भने स्वास्थ्य सेवाका कर्मचारीहरुका लागि बिनाधितो कर्जा दिनेछ । यसका अतिरिक्त तलव खातामा निःशुल्क डेविट कार्ड तथा विद्युतिय भुक्तानीका सेवाहरु निःशुल्क रुपमा प्रदान गर्ने छ । बैंकको लकर सेवामा समेत ५० प्रतिशत छुट प्रदान गर्ने छ । प्रतितपत्र कारोवार तथा विदेशी मुद्राको कारोवारमा समेत छुट प्रदान गरी साझा स्वास्थ्य सेवाको व्यावसायिक बैंकिङ पार्टनर भई कार्य गर्ने छ ।

साझाले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ । सम्झौता समारोहमा साझा स्वास्थ्य सेवाको तर्फबाट महाशाखा प्रमुखद्धय किशोर कुमार दाहाल र सिद्धि रत्न वज्राचार्यको उपस्थिती थियो भने बैंकका तर्फबाट विभागीय प्रमुख मिनराज पोखरेल, घनेन्द्र अधिकारी, माधव रिजाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।