Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, युरो बढ्दा पाउण्ड घट्यो

5.54K
shares

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्डको मूल्य सामान्य घटेको छ । शनिबार एक अमेरिकी डलरको खरिददर अघिल्लो दिनकै १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको हो ।

त्यस्तै शनिबार बढेको युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा पुगेको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको थियो । त्यस्तै शनिबार पाउण्डमूल्य मूल्य घटेर खरिददर १६२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा पुगेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा थियो ।

राष्ट्र बैंकले शनिबारका लागि जारी गरेको बिनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७४ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा रहेको छ ।