Dhulikhel Eco Banner new

शेयर बजार परिसूचक करिब ४२ अंकले घट्यो, ओसत कारोबार रकममा पनि गिरावट

6.75K
shares

काठमाडौं, २५ चैत । शेयर बजार यो साता गत साताको तुलनामा करिब ४२ अंकले घटेको छ । यो हप्ता शेयर बजार परिसूचक ४१ दशमलव ७७ अंक घटेर बन्द भएको हो । गत हप्ता १९०८ शदमलव ५६ विन्दुमा बन्द भएको नेप्से यो साताको पाँच कारोबार दिनछि घटेर १८६६ दशमलव ७९ विन्दुमा झरेको हो ।

यो हप्ताको ५ कारोबार दिनमध्ये १ कारोबार दिन बजार बढेको थियो भने ४ कारोबार दिन घटेको छ । यस साता सेन्सेटिभ इण्डेक्स ६ दशमलव ४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव २६ अंक घटेको छ ।

नेप्सेसँगै यो हप्ता कारोबार रकम पनि घटेको छ । गत हप्ता दैनिक औसत १ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यो हप्ता दैनिक औसतमा ९६ करोडको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम १८ प्रतिशत घटेको हो । त्यसैगरी, गत साताको तुलनामा यस साताको दैनिक औसत शेयर संख्या १३ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार संख्या भने १८ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण २.१९ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो हप्ताको कारोबार बन्द हुँदा घटेर २७ खर्ब ४ अर्बमा सीमित भएको छ । यो हप्ता कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । साता भरमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.३२ प्रतिशत घटेको छ । निर्जीवन बीमा उपसमूहको सूचक ३.५६ प्रतिशतले घटेको छ ।