दुई लघु बीमा कम्पनीलाई प्राधिकरणको लाइसेन्स
वि.सं.२०७९ चैत २७ सोमवार १३:१८
shares

काठमाडौं, २७ चैत । ७ वटा मध्ये २ वटा लघुबीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिने निर्णय गरेको छ । प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैंकले बिराटनगरमा कार्यालय रहने गार्डियन माइक्रो लाफइ र भरतपुरमा कार्यालय रहने नेपाल माइक्रोलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
यी दुबै कम्पनीका मुख्य लगानीकर्ता दिपक भट्ट र शंकर ग्रुपका साहिल र सुलभ अग्रवालहरु हुन् । गार्डियन माइक्रो लाइफको अध्यक्ष पूर्व प्रहरी विज्ञानराज शर्मा छन् भने नेपाल माइक्रोको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा छिन् ।
लघु बीमा कम्पनी स्थापनाका लागि आवश्यक पर्ने पुँजी जुटाएर पूर्वाधार तयार गरेपछि यी दुई कम्पनीले लाइसेन्स प्राप्त गरेका हुन् । आगामी ६ महिनाभित्र सेवा आरम्भ गरिसक्नुपर्ने सर्तसहित लाइसेन्स दुई कम्पनीलाई लाइसेन्स दिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरि लघु बीमाको लाइसेन्स आव्हान गरेको थियो । जसमध्ये ७ वटा कम्पनीलाई आसय पत्र(एलओआई) दिने निर्णय गरिसकेको थियो ।



















