Dhulikhel Eco Banner new

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

4.6K
shares

काठमाडों, २७ चैत । सुन चाँदीको कारोबार हुने साताको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य सोमबार तोलामा ७०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयँमा कारोकार भइरहेको महासंघले जनाएको छ ।