Dhulikhel Eco Banner new

केही समय दिन सकिन्छ तर ऋण तिर्दिन भन्न मिल्दैन् : अर्थमन्त्री

13.91K
shares

काठमाडौं, २८ चैत । अर्थमन्त्री डा. प्रकाश शरण महतले ऋण तिर्दिन भन्न नपाइने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा बोल्दै मन्त्री महतले ऋण लिए पछि तिुर्न पर्ने भएकाले समस्या भए सहज बनाउन सकिने भन्दै ऋण तिर्ने पर्ने बताएका हुन् ।

‘ब्याज तिर्नका लागि समस्या छ भने छलफल गरेर समाधान गर्न सकिन्छ, केही समय थप्न सकिन्छ तर साँवा र ब्याज तिर्दिन भन्न मिल्दैन,’ उनले भने । समस्या समाधानका लागि छलफल गरेर निष्कर्ष निकाल्नु पर्ने उनको भनाइ थियो । समस्या समाधानका लागि सरकार सधै तयार रहेको उनले बताए ।