निजी क्षेत्र र सरकारको सहकार्य अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०७९ चैत २८ मंगलवार १२:३१
shares

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको सहकार्यले अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको संकटबाट पार पाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
अहिले विदेशी मुद्राको सञ्चितिमा आएको सुधारका कारणले गर्दा अहिले अवस्था विस्तारै सुधार हुँदै गएको प्रधानमन्त्रीको भनाइ छ । रमिट्यान्स आउने क्रममा आएको सुधार र राजश्वमा पनि सुधार भएको उनले बताए । अहिलेको अवस्था आउनुमा विदेशी कारण पनि जिम्मेवारी रहेको भन्दै यो चुनौतिको सामना गर्न सहकार्य आवश्यक रहेको उनको भनाइ छ । निजी क्षेत्रसँग सरकार समन्वय गर्न सधै तयार रहेको उनले बताए ।



















