Dhulikhel Eco Banner new

७.९३ प्रतिशतले महंगीयाे नेपालीको भान्सा

5.75K
shares

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार महंगी बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन महिनासम्म ७.९३ प्रतिशतले महंगी बढेको हो ।

माघ महिनाको तुलनामा केही मात्रामा फागुनमा महंगी कम भए पनि समग्र रुपमा भने बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार माघ महिनाको तुलनामा फागुन महिनामा महंगी घटेको हो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू आर्थिक वर्षको फागुनमा मूल्यवृद्धि ७.४४ प्रतिशत कायम भएको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जुन माघ महिनामा ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो ।