Dhulikhel Eco Banner new

संघीयता र लोकतन्त्र जोगाउन मेरो उम्मेदवारी : उपेन्द्र यादव

5.5K
shares

काठमाडौं, २८ चैत । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले महागढी नगरपालिकामा आयोजित जनता दर्शन कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भईरहेकोले प्राप्त उपलब्धीहरुलाई गुम्न नदिन त्यस विरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा उनको जोड थियो । ‘विरोधी शक्तिहरुले प्राप्त उपलब्धीलाई समेत समाप्त पार्न खोज्दैछ, त्यसैले बारा २ का जनताले परिवर्तनको पक्षमा र प्राप्त उपलब्धिहरुको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनैपर्दछ,’ उनले भने ।

परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयतामाथि प्रहार गरेर अगाडि बढ्ने दाउमा रहेको कुरा आमजनताले बुझ्नुपर्ने उनले बताए । जसपा अध्यक्ष यादवले जातीय द्वन्द्व सिर्जना गरी संंघीयता समाप्त गराउने खेलमा लागि परेकाहरुलाई जनताले राम्रोसँग चिन्नुपर्नेमा जोड दिए । अहिले सामाजिक रूपान्तरणको आवश्यकता रहेकोले नेपालमा आर्थिक परिवर्तनको लागि कृषि क्रान्तिको लागि सिंचाई, मल, बीउबीजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरि कृषिलाई सबल बनाईए मात देशको अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो ।

हरेक क्षेत्रका मधेशी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको कुरालाई महशुस गर्दै मधेश विद्रोह गरेको स्मरण गर्दै उनले मधेश आन्दोलन लोकतान्त्रिक आन्दोलनकै पुरक आन्दोलन भएको बताए । हरेक क्षेत्रमा महिला, जनजाति, आदिवासी, मधेशी मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेश आन्दोलनबाटै भएको अध्यक्ष यादवले दावी गरे । लोकतान्त्रिक आन्दोलनकै उपलब्धीका कारण नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायले पाएको उनले दाबी थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रि अजय प्र. चौरसिया, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष राजेश यादव, नेता प्रमोद गुप्ता लगायतले मधेश र मधेशीको पहिचानको लडाई लड्न अझै बाँकी रहेकोले भ्रमजालमा नपरी मधेश विद्रोहका नायक उपेन्द्र यादवलाई भारी मतले जिताउन आग्रह गरे ।