Dhulikhel Eco Banner new

मर्जर र लाभांश प्रस्ताव पारित गर्दै सकियो विजय लघुवित्तको साधारण सभा

5.45K
shares

काठमाडौं, २८ चैत । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको २१.०५२६ प्रतिशतृ लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको दसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७८/०७९ को नाफाबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

चैत्र २८ गते मंगलबार विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न साधारण सभाले २० प्रतिसत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका हो । लाभांश वितरणसँगै संस्थाको चुक्ता पुँजी ३८ करोड ४० लाख पुर्‍याउने प्रस्ताव पनि पारित भएको छ । संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७८/०७९ को संचालक समितिको प्रतिवेदन, २०७९ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७८/०७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७९/०८० मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । दसौँ वार्षिक साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पनि स्वीकृत भएको छ । अब दुई संस्था बीच शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ (एक शेयर बरावर एक शेयर) लाई स्वीकृत स्वीकृति प्रदान गरेको छ ।

साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने÷गाभिने (मर्जर गर्ने) कार्य सम्पन्न भए पश्चात हुने संस्थाको ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना लगायत थप परिवर्तन हुने विषयमा प्रबन्धपत्र र नियमावलीमाको आवश्यक दफा, उपदफा तथा नियमहरू संशोधनको लागि समेत स्वीकृति प्रदान गरेको छ । उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त वार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन तथा मर्जरसँग सम्बन्धि प्रतिवेदनमाथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए ।