Dhulikhel Eco Banner new

अमेरिकी डलरसँगै, युरो र पाउण्डको मूल्य पनि बढ्यो

6.6K
shares

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको डलरको मूल्य आज पनि बढेको हो ।

राष्ट्र बैंकले बुधबार लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिक डलरको खदिरदर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा पुगेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको थियो ।

त्यस्तै बुधबार युरो एकको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम थियो । त्यस्तै बुधबार पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ पैसा ८७ पैसा रहेको छ ।

अघिल्लो दिन युरोको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा रहेको थियो ।
राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९१ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा रहेको छ ।