Dhulikhel Eco Banner new

च्याम्पियन्स लिग फुटबल : सिटी र इन्टरको जित

14.9K
shares

काठमाडौं, २९ चैत । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग  फुटबलको क्वाटरफाइनलमा म्यानचेष्टर सिटीले जित निकालेको छ । क्वाटर फाइनलको पहिलो लेगको खेलमा सिटीले बार्यन म्युनिखलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि रोड्रि, बर्नार्डो सिल्भा र एर्लिंग हालान्डले एक-एक गोल गरे । पहिलो हाफको २७ औँ मिनेटमा रोड्रिले गोल गर्दै घरेलु टोलिलाई सुरुवाति अग्रता दिलाएका थिए । सिटीले दोस्रो हाफमा दुई गोल गरेको थियो । सिल्भाले ७० औँ र हालान्डले ७६ औँ मिनेटमा गोल गर्दै सहज जित दिलाए ।

यो जितसँगै सिटी सेमिफाइनल नजिक पुगेको छ । अब दोस्रो लेगकाे खेलमा बराबरी गरेको खण्डमा मात्रै पनि सिटी सेमिफाइनलमा पुग्ने छ । बार्यनलाई भने कम्तिमा ३ गोल अन्तरकाे जित निकाल्नु पर्ने हुन्छ । दोस्रो लेगको खेल बार्यनको मैदानमा हुने छ ।

अर्को खेलमा इन्टर मिलानले बेनिफिकालाई पराजित गरेको छ । इन्टरले बेनिफिकालाई २–० गोल अन्तरले पराजित गरेको हो । उसको जितमा निकोलो बरेला र रोमेलु लुकाकुले एक-एक गोल गरे । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको खेलमा पाहुना टोलि इन्टरले दाेस्राे हाफमा दुई गोल गरेको थियो । बरेलाले ५१ औँ र लुकाकुले ८२ औँ मिनेटमा गोल गरे ।

पहिलो लेगकाे खेलमा निकालेको जित सँगै घरेलु मैदानमा हुने खेलमा बराबरी गरे पनि इन्टर सेमिफाइनलमा प्रवेश गर्ने छ । तर बेनिफिकालाई भने दोस्रो लेगको खेलमा कम्तिमा पनि २ गोल अन्तर जित निकाल्नु पर्ने हुन्छ ।