Dhulikhel Eco Banner new

एफएनसीसीआई चुनाव : जिल्ला नगरतर्फ ४० प्रतिशत मत खस्यो

9.88K
shares

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तगर्त जिल्ला नगरतर्फ ४० प्रतिशत मतदान भएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा हालसम्म ४० प्रतिशतले मतदान गरेका हुन् ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म जिल्ला नगरतर्फ ४० प्रतिशत, स्तुगततर्फ ७५ प्रतिशत र एसोसिएट तर्फ ३० प्रतिशत मत खसेको छ । यो निर्वाचनमा ६४ पदका लागि ११६ जनाले मैदानमा रहेका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकारण पनि वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल साधारण सभाबाट स्वतःअध्यक्ष बनेका छन् ।

वरिष्ठ उपाध्यक्षको मैदानमा तीन जना रहेका छन् । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई प्यानलसहित मैदानमा छन् ।