Dhulikhel Eco Banner new

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

5.59K
shares

काठमाडौं, ४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा केसीले ३८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् ।

उनको प्रतिस्पर्धी प्रवलजंग पाण्डले २९ मत मात्रै प्राप्त गरे । १ मत बदर भएको थियो । केसीलाई अध्यक्ष चन्द्र प्रसाद ढकालको समर्थन रहेको थियो भने पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन रहेको थियो । महासंघको निर्वाचित कार्यकारीणी समितिले कोषाध्यक्ष छनोट गर्छ ।

कोषाध्यक्षका लागि सुरुमा ४ जनाले उम्मेद्वारी दिने घोषणा गरे पनि अन्तिममा केसी र पाण्डेको उम्मेदवारी परेको थियो ।