Dhulikhel Eco Banner new

नेपाली रुपैयाँ थप कमजोर, अमेरिकी डलरसँगै पाउण्डको मूल्य पनि बढ्यो

5.86K
shares

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार नेपाली रुपैयाँ थप कमजोर बनेको छ । मंगलबारका लागि तोकिएको विदेशी विनिमयदर अनुसार सबै जसो विदेशी मुद्राको विनियमदर बढेको हो ।

मंगलबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा खरिददर र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको थियो । त्यस्तै आइतबार पाउण्डको मूल्य बढेको छ भने युरोको मूल्य १ पैसाले घटेको छ ।

आज युरोको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा रहेको थियो । आज पाउण्डको खरिददर १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३७ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसा रहेको छ ।