Dhulikhel Eco Banner new

नेपालको विजयी सुरुवात, मलेसियामाथि ६ विकेटको जित

7.15K
shares

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । किर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

२३६ रनको लक्ष्य नेपाली टोलिले ३६ ओभरमा २ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो । नेपालको जितमा भीम सार्की र कुशल मल्लले अर्धशतक प्रहार गरे । सार्की ७१ रनमा आउट भए । मल्लले नटआउट ७० रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए भने कुशल भुर्तेलले ३८ रनको पारी खेले । मलेसियाका लागि मोहम्मद वाफिक, रिजवान हैदर, विजय उन्नी र विरनदीप सिंहले एक÷एक विकेट लिएका छन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै विरनदीप सिंह ४६ रन बनाए । खिजर हयात २२ रनमा आउट भए । त्यस्तै स्याजरुल इजत इद्रसले २१ रनको योगदान दिदा ओपनर मोहम्मद अमिर अजीम १७ रनको पारी खेले । बलिङ तर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । त्यस्तै ललित नाराण राजवंशी २ विकेट लिए भने गुल्सन झाले एक विकेट लिए ।

प्रिमियर कपको उपाधि विजेता टोलि एसिया कममा सहभागि हुन पाउने भएकाले यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ ।