कारोनाको जोखिम बढ्दै, आज थप दुई जनाको मृत्यु
वि.सं.२०८० वैशाख ५ मंगलवार १७:०३
shares

काठमाडौं, ५ वैशाख । पछिल्लो समय कारोना संक्रमणको जोखिम थप बढ्न थालेको छ । दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको हो ।
मंगलबार मात्रै १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ हजार २९१ जनाको नमुना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ । जसमध्ये संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।



















