Dhulikhel Eco Banner new

एभरेष्ट बैंकको नाफा ६२ प्रतिशतले वृद्धि

5.04K
shares

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एभरेष्ट बैंकको नाफा ६२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म ६२.६३ प्रतिशतले नाफा बढेको हो ।

चैत मसान्तसम्म बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । नौ महिनाको अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६२.५९ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड २८ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।