देशको समृद्धिका लागि आर्थिक पत्रकारिता आवश्यक : अध्यक्ष शाक्य
वि.सं.२०८० वैशाख ८ शुक्रवार १६:३८
shares

काठमाडौं, ८ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले अहिले पनि आर्थिक पत्रकारिताको आवश्यकता रहेको बताएका छन् । शुक्रबार केटिएम भ्वाइसको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शाक्यले राजनीतिलाई मात्रै प्रथमिकता दिइरहेको अवस्थामा आर्थिक पत्रकारितालाई प्राथमिकता दिनु पर्ने बताएका हुन् ।
‘देशको विकास र समृद्धिका लागि आर्थिक पत्रकारिता आवश्यक छ । यसका लागि केटिएम भ्वाइसले उल्लेख्य भूमिका खेलेको छ,’ उनले भने । अहिलेको सुनचाँदीको व्यवसाय पनि नियन्त्रित अवस्थामा रहेको भन्दै यस तर्फ राज्यले ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
अहिले दैनिक १० किलो सुन आयात गर्न मिल्ने अवस्था छ । तर यो बजारका लागि अपुग रहेको उनको भनाइ थियो । सिजनको समयमा ३५ किलोसम्म सुनको माग हुने गरेको उनले जानकारी दिए । अहिलेको अवस्थालाई सुधार गर्नका लागि व्यवसायीहरुसँग छलफल गर्नु पर्ने अध्यक्ष शाक्यको भनाइ थियो । व्यवसायीहरुलाई विदेश जाने अवस्थाबाट रोक्नु पर्ने उनले बताए । समयमा नै समस्या समाधान गर्न सकेको खण्डमा समृद्धि तर्फको यात्रा अघि बढ्ने उनको भनाइ थियो ।



















