Dhulikhel Eco Banner new

राजनीति परिवर्तनलाई आर्थिक समृद्धिमा जोड्नु पर्छ : उप–प्रधानमन्त्री श्रेष्ठ

5.42K
shares

काठमाडौं, ८ वैशाख । उप–प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तनलाई आर्थिक विकासमा जोड्नु पर्ने बताएका छन् । शुक्रबार केटिएम भ्वाइसको पहिलो वार्षिकोत्सव तथा केटिएम भ्वाइसले प्रकाशन गरेको अर्थ परिदृश्य नामक जर्नल विमानेच कार्यक्रममा बोल्दै उप–प्रधानमन्त्री श्रेष्ठले राजनीतिलाई आर्थिक विकाससँग जोड्नु पर्ने बताएका हुन् ।

‘हाम्रोमा राजनीति परिवर्तन भए । अब आर्थिक परिवर्तनको खाँचो छ । यसका लागि मिडियाको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने । अर्थतन्त्रलाई योगदान पुग्ने गरि मिडियाले पनि काम गर्नु पर्ने उनको भनाइ थियो । जर्नलमा प्रकाशित विषहरुले देशको अर्थतन्त्र सुधारमा सरकारलाई दृष्टिकोण निर्माण गर्नमा सहयोग पु¥याउने उनको विश्वास थियो ।

आर्थिक क्षेत्रको सुधारका लागि सरकार गम्भिर रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । सरकार राष्ट्रिय कार्यभार पुरा गर्नका लागि दृढताका साथ अघि बढीरहेको उप प्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । ‘राजनीतिक परिवर्तनलाई माध्यमक र साध्य बनाएर आर्थिक समृद्धिलाइ तिव्रता दिनु पर्छ,’ उनले भने । यो विषयमा केही काम भए पनि अपेक्षा गरे अनुसार काम हुन नसकेको उनको भनाइ थियो ।

यो सरकारको केन्द्रीय कार्यभार भनेको अहिलेको अर्थतन्त्रलाई सिथिलताबाट चलायमान बनाउने तर्फ ध्यान केन्द्रित रहेको श्रेष्ठको भनाइ थियो । अहिलेको अवस्थाबाट पार पाउनका लागि सरोकारवाला निकायसँग निरन्तर रुपमा छलफल भइरहेको पनि र समाधान गर्नका लागि राज्यले गम्भिरताका साथ काम गरिरहेको उनले बताए । ‘हाम्रो अहिलेको अर्थतन्त्र गम्भिर अवस्थामा छैन । केही समस्या देखिएको हो । केही संकुचन र गतिशिलताको कमी देखिएको हो । यसलाई समाधान गर्न नसक्ने अवस्था भने छैन्,’ उप प्रधानमन्त्री श्रेष्ठले भने । यसमा सरकारलाई सबैको सहयोग आवश्यक रहेको पनि उनको भनाइ थियो ।