Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

4.45K
shares

काठमाडौं, १० वैशाख । हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलमा ९०० रुपैयाँ र चाँदीको मूल्य तोलमा ५ रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हप्ताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।