प्रधानमन्त्रीले मुख्य सचिवलाई भने– नेपालमा उत्पादन भएका सवारीको दर्ता प्रक्रिया अघि बढाउनुस्
वि.सं.२०८० वैशाख १० आइतवार १४:३३
shares

काठमाडौं, १० वैशाख । नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा निर्माणको कार्य गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । नेपालमा बनेको सवारीको प्रयोग बढाउन तथा प्रोत्साहन गर्नका लागि नीति ल्याउने कार्य छिटो अघि बढाउनका लागि प्रधामन्त्रीले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय यात्री लगायत नेपालमा नै उत्पादन भएका सवारी साधनको दर्ता भइ काम गर्न नपाएको समाचारहर आएको भन्दै यस विषयलाई टुङ्ग्याउनका लागि मुख्य सचिवलाई निर्देशन दिएका हुन् ।



















