Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम ८८ करोड

4.91K
shares

काठमाडौं, १२ वैशाख । हप्ताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमबार सामान्य अंकको सुधार आएको शेयर बजार मंगलबार भने १७ दशमलव ३६ अंकले बढेको हो ।

१४ अंकको सुधार आएको शेयर बजार परिसूचक १९०२ दशमलव ८५ अंकमा पुगेको छ । मंगलबार २६४ कम्पनीका २७ लाख ५७० कित्ता शेयर किनबेच हुँदा ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको कारोबार भएको छ ।

मंगलबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि १ दशमलव १९ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स ३६३ दशमलव ६५ विन्दुमा पुगेको छ ।