एनएमबि बैंकमा खाता भएका ग्राहकहरुलाई वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशतसम्म छुट
वि.सं.२०८० वैशाख १३ बुधवार १९:५४
shares

काठमाडौं, १३ वैशाख । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउने भएका छन् । बैंकमा खाता भएका स्मार्ट नारी बचत खाता भएकाहरुलाई सामसुङका वासिङ मेसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
छुट पाउने सम्बन्धमा बैंक र एचआएम इलेक्टोनिक्स प्रा.लि. सँग साझेदारी भएको छ । सम्झौता अनुसार बैंकमा खाता भएका स्मार्ट नारी बचत खाता भएकाहरुलाई इएनएमबि मोबाइल मार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्म र १ हजार ५०० रुपैयाँसम्म छुट पाइने छ ।
यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो । यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् । यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।



















