एसजीसी ट्रेडिङले भित्र्यायो भारतको चर्चित ‘एलेक्स’ कम्पोजिट प्यानल
वि.सं.२०८० वैशाख १५ शुक्रवार ०८:५४
shares

काठमाडौं, १५ वैशाख । भारतको चर्चित आल्मुनियम कम्पोजिट प्यानल (एसीपी) एलेक्स ब्राण्डका उत्पादनहरु अब नेपालमै पाइने भएको छ । नेपालको आधिकारिक विक्रेताको रुपमा एसजीसी ट्रेडिङ प्रालिले ‘एलेक्स’ लाई नेपाल भित्र्याएको हो ।
बिहीबार ललितपुरमा आयोजित भव्य कार्यक्रमकाबीच एलेक्सका आल्मुनियम कम्पोजिट प्यानल (एसीपी) नेपालमा लञ्च भयो । एसजीसी ट्रेडिङका सञ्चालक वालिष्ट शुक्लाले औपचारिक रुपमा अब नेपालमा एलेक्स ब्राण्डका एसीपीहरु भित्रिएको बताए । कार्यक्रममा नेपालका डिलरहरु समेत सहभागी थिए ।
घर तथा कम्प्लेक्स भवनहरुमा एसीपी लगाउने चलन छ । अहिले पनि काठमाडौंका भाटभटेनी सुपमार्केट जस्ता व्यापारिक भवनहरुमा पनि एसीपी लगाइएको छ । एसीपीले आगलागीबाट जोगाउछ । भवनका भित्ताहरुमा कलर गर्दा कलर उडेर खुइलिने समस्या हुन्छ भने आगलागीबाट समेत सुरक्षित मानिदैन । एसीपी पाता लगाउदा भने यस्ता समस्याबाट मुक्त भइन्छ ।
एसजीसी ट्रेडिङका सञ्चालक शुक्लाका अनुसार अब एलेक्सका एसीपीहरु आकर्षक डिजाइन तथा साइजहरुमा नेपालभर उपलब्ध हुनेछन् ।



















