नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव
वि.सं.२०८० वैशाख १७ आइतवार १२:१३
5.4K
shares
shares

काठमाडौं, १७ वैशाख । नेपाल पुनर्बीमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसमा बोनस ४.७५ प्रतिशत र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव सरकार र बीमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा पेश गरिने छ । साधारणसभाले पारित गरेपछि शेयरधनीले तोकेको लाभांश पाउनेछन् ।




















