Dhulikhel Eco Banner new

अनिल केशरी शाह भन्छन्- विदेश जाने विद्यार्थीका लागि एनओसी होइन पासपोर्ट नै रोकौँ

5.33K
shares

काठमाडौं, १७ वैशाख । बैंकर अनिल केशरी शाहले विदेश अध्ययन गर्न जानका लागि आवश्यक पर्ने एनओसी रोक्नु भन्दा पासर्पोट रोक्नु पर्ने बताएका छन् । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै शाहले पासपोर्ट नै रोक्नु पर्ने बताएका हुन् ।

‘अहिले एनओसि रोक्ने विषय चर्चामा छ । यसको कुरा गर्दा एनओसी रोक्नुभन्दा त बरु पासपोर्ट नै रोक्दिए भैहाल्यो नि,’ उनले भने । नेपालको शिक्षा प्रणाली राम्रो रहेको भन्दै विदेशमा पढ्नभन्दा पनि पैसा कमाउने उद्देश्यले विद्यार्थी विदेश जाने गरेको उनको भनाइ थियो ।
‘नेपालको शिक्षा प्रणाली त्यति खराब पनि छैन् । अहिले जो शिक्षाका लागि भनेर विदेशिएका बिद्यार्थीहरु छन् उनीहरुको उद्देश्य पढ्ने भन्दा पनि पैसा कमाउने मात्रै हो,’ उनले भने ।