Dhulikhel Eco Banner new

धौलागिरी लघुवित्त चौथो साधारण सभा सम्पन्न

9.89K
shares

काठमाडौं, १७ वैशाख । धौलागिरी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको वार्षिक साधारण सभा बागलुङ नगरपालिका वडा नम्बर ४ मा रहेको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।

वार्षिक साधाराण सभाको उद्घाटन गर्दै संस्थाका सञ्चालक समिति अध्यक्ष ईश्वरलाल राजभण्डारीले वर्तमान अवस्थामा वित्तीय संस्था प्रतिकोभाम्रक समुह तथा समाचारहरुले पारेको नकारात्मक असर, आर्थिक संकुचनको समस्या र चुनौतीहरुलाई समाधान गर्न दिर्घकालिन रणनितिहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै अध्यक्ष राजभण्डारीले आगामी दिनमा संस्थालाई प्रविधि मैत्री बनाई लैजाने पनि बताएका थिए । लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्याको समाधानका लागि सम्पूर्ण सरोकारवाला निकाय, शेयरधनी, व्यवस्थापन तथा कर्मचारीहरुलाई आ–आफ्नो ठाउँमा जिम्मेवार बन्न पनि उनले अनुरोध गरे ।

वार्षिक साधारण सभाले सचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिबेदन सहित आ.व.२०७८/२०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको थियो । कार्यक्रममा यस संस्थाका सञ्चालक समितिका सदस्य सिर्जना थापाले स्वागत मन्तव्य दिएका थिइन् भने संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले संस्थाको वर्तमान अवस्थामा वित्तीय स्थितिबार जानकारी गराएका थिए । साथै संस्थाले हालसालै वर्तमान समयमा देखिएको चुनौतिहरुले केहि असहज वातावरण सिर्जना भएता पनि आगामी दिनहरुमा संस्थाको व्यवस्थापन समुह तथा उद्यमशीलता विकास, सिपमुलक तालिम जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै संस्थाको कायक्रमलाई अझ बलियो बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ, संस्थाका पूर्व बाह्य लेखापरिक्षक सुनिल देवकोटा, साथै लेखापरिक्षक दिपेश खतिवडा, पुर्व संचालक कृष्णराज शर्मा, संस्थाका संचालक समितिका सदस्य उत्तम कुमार राजभण्डारीले लगायतले सुभकामना व्यक्त गरेका थिए ।