एसीसी प्रिमियर कप विजेता टोलीलाई प्रधानमन्त्रीको बधाई
वि.सं.२०८० वैशाख १९ मंगलवार १३:५२
shares
फाइल फोटो
काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कपको उपाधि विजेता नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् । मंगलबार भएको खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एशियाकपमा समेत छनोट भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन् ।

















