Dhulikhel Eco Banner new

रवि लामिछानेका सवारी चालक थापाको मृत्यु

4.85K
shares

काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ९शम्भु०को निधन भएको छ । उनको मङ्गलवार ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा  दिउसो १ः३५ बजे निधन भएको हो ।

घरको छतबाट खसेर गम्भीर घाइते भएका थापालाई तत्कालै उपचारका लागी चितवनकै पुरानो मेडिकल कलेजमा लगिएको थियो । पछि अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा निधन भएको मेडिसिटी अस्पतालले जनाएको छ ।