Dhulikhel Eco Banner new

भैरहवा विमानस्थलबाट पक्राउ परे टोपबहादुर रायमाझी

12.86K
shares

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेको आरोपमा रायमाझीलाई प्रहरीले बिहीबार भैरहवा विमानस्थलबाट पक्राउ गरेको हो ।

यहीँ प्रकरणमा टोपबहादुरका छोरा बुधबारै पक्राउ परिसकेका छन् । तत्कालिन नेकपा फुटेर माओवादी र एमाले व्युतिदा टोपबहादुर उर्जा तथा जलश्रोत मन्त्री थिए । मन्त्री बनिरख्न पाउने लोभमा रायमाझीले माओवादी छाडेर एमाले रोजेका थिए ।

एमाले रोजेपछि उनको सांसद पद गएको थियो भने तत्कालिन केपी ओली सरकार पनि ढलेपछि उनले लामो समय मन्त्री बन्ने रहर पुरा गर्न सकेनन् । घुसिया नेताको रुपमा छवी बनाएका टोपबहादुरलाई अहिले एमालेले पनि साथ दिएको छैन । घुसकाण्डबाट जोगिनकै लागि उनी एमाले गएको अहिले टिप्पणी हुन थालेको छ ।