Dhulikhel Eco Banner new

क्यान्सर अस्पताल परिसरको बगैचा उद्घाटन

5.88K
shares

काठमाडौं, २१ वैशाख । कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कार्यालय वीरेन्द्रनगर चितवन तथा क्यान्सर समाज चितवनको सहभागितामा वि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको परिसरमा निर्माण गरिएको बगैचाको बैंकका उपमहाप्रबन्धक श्री प्रेम कुमार श्रेष्ठ तथा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले एक समारोह बीच उद्घाटन तथा हस्तान्तरण गरेका छन् ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतम र अध्यक्ष डा. विजयराज न्यौपाने लगायत चिकित्सक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो भने अध्यक्ष डा. न्यौपानेले सो परिसरको बगैंचा निर्माणबाट क्यान्सरका बिरामीहरूको रोग चाँडो निको हुन सहयोग पुग्ने कुरा बताउदै कृषि विकास बैंकलाई धन्यवाद दिएका थिए ।