Dhulikhel Eco Banner new

टोपबहादुरलाई बुझाउन सहयोग गर्न एमालेलाई माओवादी सांसदको आग्रह

4.95K
shares

काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका संसद माधव सापकोटाले पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नरहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमालेका सांसदहरुले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइलहरु पनि खोलिनुपर्ने बताएपछि माओवादीले आरोप लागेका पात्रलाई सार्वजनिक गर्न भनेको हो ।

उनले भने ‘इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरमा बुझाउनुहोस् । त्यसैमा तपाईंहरुको कल्याण छ । छापामार शैलीमा सदन कब्जा गर्ने तपाईहरुको शैली छ, यसलाई राजनीतक ढंगले प्रस्तुत गर्नुस् । ’

प्रमुख प्रतिपक्ष दल एमाले भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार छ भने आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन सहयोग गर्नुपर्ने उनको तर्क छ ।