Dhulikhel Eco Banner new

डलरसँग नेपाली रुपैयाँ थप कमजोर, कुन देशको विनिमयदर कति ?

4.55K
shares

काठमाडौं, २७ वैशाख । नेपाली रुपैयाँ डलरको तुलनामा थप कमजोर बनेको छ । अघिल्लो दिन १ पैसाले सस्तो भएको अमेरिकी डलरको मूल्य बुधबार ३८ पैसाले महंगो भएको हो ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको थियो । बुधबार डलरको मूल्य बढे पनि पाउण्ड र युरोको मूल्य भने सामान्य घटेको छ ।

अघिल्लो दिन बढेको पाउण्ड खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा रहेको थियो । त्यस्तै युरोको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको थियो ।
राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९९ रुपैयाँ २२ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशका लागि डलरको मूल्य बढ्नु भनेको आर्थिक भार बढ्नु हो । डलरको मूल्य बढ्दा विदेशी राष्ट्रलाई तिर्नु पर्ने ऋणको साँवा र ब्याज रकम बढ्न जान्छ । साथै विदेशबाट आयात गर्नु पर्ने सामानको मूल्य बढी तिुर्न पर्दा नेपालीको भान्सामा नै यसको प्रभाव पर्छ ।