Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्धारा शपथ ग्रहण

4.76K
shares

काठमाडौं, २७ वैशाख । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले बुधबार शपथ ग्रहण गरेका छन् । ढकाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले शपथ ग्रहण गराएका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।