Dhulikhel Eco Banner new

पाउण्ड र युरोसँगै डलरको मूल्य पनि घट्यो

4.71K
shares

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य बिहीबार केही सस्तो भएको हो । बिहीबार डलरसँगै पाउण्ड र युरोको मूल्यमा घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो । त्यस्तै बिहीबारका लागि तोकिएको विनियमदर अनुसार पाउण्डको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्ड खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४ पैसा पुगेको थियो ।

त्यस्तै युरोको बिहीबारका लागि युरोको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बिहीबार लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ २ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा रहेको छ ।