नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँण निलम्वन हुनसक्ने
वि.सं.२०८० वैशाख २८ बिहीवार ०९:४४
shares

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्वन गर्ने/नगर्ने बिषय टुंगो लगाउन बिहीवार नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा दिउँसो २ बजे बस्दैछ ।
खाँण पक्राउ परेपछि कांग्रेसको पदाधिकारी बैठक बुधवार पनि बसेको थियो । तर, बैठकले खाँणलाई निलम्बन गरेन । अनुसन्धान जारी भएको र निष्कर्षमा पुगि नसकेको हुँदा खाँण विरुद्ध कुनै निर्णय नभएको हो ।
खाण बुधवार बिहान बौद्धको कुमारीगालस्थित ‘फ्लाट’बाट पक्राउ परेका थिए । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।



















