एमाले केन्द्रीय समिति बैठक सुरु हुँदै
वि.सं.२०८० वैशाख २८ बिहीवार ०९:४५
shares

काठमाडौं, २८ वैशाख । नेकपा एमालेको केन्द्रीय समितिको बैठक बिहीवारबाट सुरु हुँदैछ । बैठक एमाले पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा हुँदैछ ।
बैठकमा राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० एजेण्डामाथि छलफल हुने कार्यसूची रहेको छ । एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले केन्द्रीय कमिटि बैठक १० बजेबाट सुरु हुने र बैठकमा पार्टी अध्यक्ष केपी शर्माले ओलीले १० वटा एजेण्डा छलफलका लागि प्रस्तुत गर्ने बताए ।
‘एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठकमा बिभिन्न १० वटा एजेण्डमा माथि छलफल हुनेछन् । बिशेषगरी राजनीतकि प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा एजेण्डामा छलफल हुनेछन्,’ उनले भने । बैठक तीन दिनसम्म चल्नेछ ।



















