Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

4.38K
shares

काठमाडौं, २८ वैशाख । बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।

यससँगै, बिहीबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । महासंघले चाँदीको मूल्य तोलामा १ हजार ४३० रुपैयाँ कायम भएको जनाएको छ ।